Introduction & Summary: परिचय र सारांश
आज बालेन, हर्क तथा रास्वपाको अगुवाइमा नेपाली समाजमा स्थापित हुँदै गरेका मुद्धा हिजो हामीले आधा पेट खाएर र आफ्नो व्यक्तिगत र पारिवारिक समय खर्चेर सुरुवात गरेका विभिन्न स्वतन्त्र, वैकल्पिक तथा एकता अभियान [“D3ISE Transformation” – From CESS/ESGB-2004 to UEP/EN-2016, & From TNUN-2013 to IAUM-2022] का निर्देशित सिद्धान्त र विचार हुँदा धेरैले हामीलाई गिज्याए।
हाम्रा स्वतन्त्र-वैकल्पिक एकता र रुपान्तरण अभियानका आवाजहरुलाई असामाजिक र अव्यवहारिक भनियो भने त्यस्ता अभियन्ता हामीलाई दलको घेराबन्दीमा परेका आफन्त स्वयंले पनि ढुल्पुले, अस्थिर वा पागल जस्तो मान्छे सम्म पनि भन्न भ्याए।
अझै घमण्ड गरे जस्तो देखिएला तर हामीले नजानेरै हाम्रो ब्रह्मले सुरु गरेको Archive र SEO अल्गोरिदमकाे प्रयोग होस् वा भावनात्मक प्रतिक्रियाको नौलो विचार फेसबुक लगायतले ढिला सुरु गरे। सीधा सोच्ने र बनिबनावट बाटो हिंड्ने बानी परेकाहरुलाई हामीले हिँड्न खोजेको बाटो असम्भव वा गलत लाग्यो।
शिक्षक र कर्मचारीले पार्टीगत राजनीति गर्नु हुन्न र गैरराजनीतिक पेशागत समाजहरुमा दलगत जनवर्गीय संगठनहरुको प्रतक्ष राजनीति बन्द गर्नु पर्छ भन्दा हामी धेरैका आँखी भयौँ। तिरस्कृत भयौं। राम्ररी बोल्न र लेख्न सम्म नजान्ने कार्यकर्ताको जमात आफैले पैसा तिर्देर बनाइएका सदस्य र कार्यकर्ताको मतले हाम्रा पेशागत र प्राज्ञिक नेता चुनिदा हामी लगातार निर्वाचनमा पराजित भयौँ। स्वतन्त्र इन्जिनियर र आर्किटेक्ट साथीहरु निर्वाचनको लागि योग्य नै बनाइएन। संस्थाको विधान सम्म परिवर्तन गरेर फोहोरी नियम लादियो। चुनाव र मत फरक विषय होलान् तर पुरस्कार समेतमा राजनीतिकरण गरियो। हामी बारम्बार पराजित भयौँ। अनि हाम्रो सिद्धान्त र प्रस्ताव दुवै गलत भएको भाष्य निर्माण गरियो।
विना लेनदेन खुल्ला प्रतिष्पर्धा वा उत्कृष्ठताका आधारमा विज्ञ र व्यवस्थापक नियुक्ति गरिनु पर्दछ (न कि दलगत भागवण्डा) भनेर हामीले सामाजिक सञ्जालहरुमा तीतो पोख्दा – तिमी यो देशमा टिक्न सक्दैनौं, विदेश नै फर्क – भन्ने धेरै सुझाब पाइयो। पेशागत नैतिकता र स्वार्थको द्वन्दलाई त सम्मान गरौँ भन्दा त्यसको नेतृत्व गर्ने साथीभाइलाई नै उल्टो राष्ट्रपति कार्यालयमा निमन्त्रणा गर्दै प्रसंशा पत्र दिइयो, र पटक पटक विभूषित गरियो। के स्वतन्त्र पेशाकर्मी र विज्ञको पनि त यो राष्ट्र हैन र भन्ने प्रश्नले हामीलाई धेरै रात निन्द्रा लागेन।
अनि पेशाकर्मी र विज्ञ भएर आफ्नो संसारमा सीमित हामी स्वयं राजनैतिक हस्तक्षेपको बाटो खन्न वाध्य भयौँ। यस अन्तर्गत विभिन्न प्रयोग भए। ताकाशी मियाहाराको नेपाल राष्ट्रिय विकास पार्टी बाट सुरु भएको प्रेरणा विवेकशील नेपाली पार्टी सँगको प्रतक्ष सहकार्य अनि नयाँ शक्ति र विवेकशील साझा हुँदै रास्वपा सम्मको समर्थन सम्म आइपुग्दा वैकल्पिक राजनैतिक अभियानले धेरै सिकेको छ।
तर अब पाप धुरी बाट कराउन थालेको आभास हुँदैछ। रूपान्तरणको घण्टी बेजोडले बज्दै गरेको देखिन्छ। यो सबै सफलताको जस हामीलाई चाहिएन। बस्, देश र समाज रूपान्तरण होस्। भाग्यको नेतृत्व जसले गरे पनि हुन्छ तर जान्नेलाई छान्ने परिपाटी हाम्रो संस्कृति बनोस्।
हो, विपरीत बसाइँसराइ अभियानको एक अभियन्ता मेरो रूपान्तरणको संघर्षमा केहि स्वार्थ पक्कै छ। म नेपाल बनाउँछु भनी स्थायी रुपमा फर्केर मातृभूमिको सेवा गरिरहँदा मेरो हुर्कदै गरेको छोरोले १०+२ नसक्दै देश छोड्न नपरोस्। कमसेकम ईन्जिनियरिङ् अध्ययन संस्थान जस्ता शैक्षिक संस्थाका एक हुल प्राध्यापकको मुकुण्डो लगाएका दलीय कार्यकर्ता निर्मम कारबाहीमा परुन् र नजान्नेले जान्नेलाई पढाउने र व्यवस्थापन गर्ने अवस्थाको अन्त्य होस्। मैले ढुक्क भएर मेरो छोरालाई नेपालमै पढाउन सकौँ।
यसो भन्दै गर्दा इमान्दार शिक्षक र निजामती कर्मचारी आफ्नो काम, कर्तव्य र राष्ट्रप्रेमबाट विचलित हुने अवस्थाको पनि अन्त्य गरौं। देश बन्न र बनाउन सम्भव छ – सबै मिलेर पुष्टि गरौँ। यात्रामा जोडिने साथीहरुलाई मुरी मुरी धन्यवाद र हार्दिक सलाम!
https://fb.watch/lDkZf802Kb/?mibextid=6aamW6
Poems & Posters/Manifesto: कविता, नारा र घोषणापत्र






Campaigns: अभियानहरु
CESS Nepal (2004)
TNUN (2013)
TMDO (2015)
UEP (2016) – EN (2017)
NINA (2017-2019)
UPEG (2021)
Integrated Star Campaign (2022) – IAUM (2022) – RSP (2023)
Philosophies: सिद्धान्तहरू
G-Transformation
IDTrans – Transform Nepal
EIP/ReSPro
DIIISE Transformation
IHF & Unified Approach for Resilient Development
2D3ISE Transformation
ReSIPro
Unite Nepal & Reverse Migration
7Sa Local Development Model (७ स स्थानीय विकास मोडेल) & IAUM Manifesto (Iॐ घोषणा पत्र)